जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


शाहरुखका छोरादेखि श्रीदेवीकी छोरीसम्म कहाँ, के गर्दैछन्


मनोरञ्जन 14 पटक पढिएको


शाहरुखका छोरादेखि श्रीदेवीकी छोरीसम्म कहाँ, के गर्दैछन्


बलिउड स्टार किड्स अब सिल्भर स्क्रिनमा प्रवेश गर्दैछन् । यसको सिलसिला सुरु गरेकी छिन्, सारा अली खानले । सारा, अभिनेता सैफ अली खानकी छोरी । साराले शुसान्त राजपुतसँग स्त्रिmन शेयर गर्दैछिन् । साराले कुन फिल्मबाट बलिउड डेब्यु गर्छ भन्ने कुराले लामो समय चर्चा पायो । कतिपय फिल्ममा उनलाई नलिइएको पनि खबर छायो ।

अन्ततः उनले फिल्म ‘केदारनाथ’ मार्फत आफ्ना पूख्र्यौली बाटो समाइन् ।

तर, बलिउडमा साराभन्दा अघि लाइमलाइटमा थिइन्, जान्ह्वी कपुर । आफ्नो जमनाकी सर्वाधिक हिट अभिनेत्री श्रीदेवीकी छोरी जान्ह्वीलाई मिडियाले पनि पच्छ्याइरह्यो । उनी कुन पार्टीमा गइन्, के लगाएकी थिइन्, कति समय विताइन् भन्ने प्रसंग बिकाउ मसला बन्यो । यसले जान्ह्वीप्रतिको चासो र अपेक्षा स्वभाविक रुपमा बढाइदियो ।


यसैबीच जान्ह्वीले बलिउड डेब्यु गर्ने कुरामा अनेकौ अडकलबाजी भए । आखिरमा यी अड्कलबाजी मत्थर गराउँदै उनले फिल्ममा इन्ट्री गरिन् । फिल्म थियो, ‘धडक ।’ रमाइलो त के भने, यसमा उनीसँग स्क्रिन शेयर गर्दैछन् इशान खट्टरले । इशान नाताले अभिनेता शाहिद कपुरका भाई हुन् । बलिउड प्रवेशअघि स्टार किड्ससँगको गहिरो हिमचिमको कारण इशान चर्चामा थिए । उनी लभर ब्वाइको रुपमा समेत चिनिन थालेका थिए । उनै इशान र जान्ह्वीलाई लिएर निर्देशक करण जौहरले धडक बनाइरहेका छन् ।


चंकी पान्डेकी छोरीसँग टाइगर श्राफ


यसैबीच करणले ‘स्टुडेन्ट अफ द इयर २ बनाउने चर्चा चुलिएको छ । हुन त यो फिल्म बन्नेबारे यसअघि पनि खबर आएकै थियो । के भनिन्छ भने, यसमा उनले अनन्या पान्डेलाई चान्स दिदैछन् । अनन्या, अभिनेता चंकी पान्डेकी छोरी हुन् । अन्यन्यासँग टाइगर श्राफले स्क्रिन साझेदार गर्ने भएका छन् ।


करणले स्टुडेन्ट अफ द इयरको सिक्वेलमा चंकी पान्डेकी छोरीलाई लिने पक्कापक्की भएको छ । अहिले उनलाई करणले ग्रमिङ टिप्स दिइरहेका छन् । साथै, फिल्मका लागि स्वंमले सक्दो मिहेनत गर्नुपर्ने अन्ययालाई करणको निर्देशन छ । खासमा अनन्या अहिले शोसल मिडियामा अचानक चर्चित हुनुको पछाडि पनि करण जौहरले उनलाई दिएको टिप्सकै कारण भनिन्छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89135
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top