पोष्टरमा किन लुकाइयो सलमानको अनुहार
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


पोष्टरमा किन लुकाइयो सलमानको अनुहार


मनोरञ्जन 2 पटक पढिएको


पोष्टरमा किन लुकाइयो सलमानको अनुहार


ट्यूबलाइटबाट धोका पाएका सलमान खानका फ्यानहरु उनको आगामी फिल्म ‘टाइगर जिन्दा है’ को प्रतिक्षामा छन् । यो फिल्मको हालै पोष्टर सार्वजनिक भएको छ । फिल्मको पोष्टमा नयाँ प्रयोग गरिएको छ । पोष्टरमा सलमानको अनुहार होइन, पिठ्यू मात्र देखिन्छ । उनी पछाडि फर्किएका छन् । फिल्मका निर्देशक अली अब्बास जाफरले ट्विटरमा सार्वजनिक गरेको यो पोष्टरले फ्यानहरुलाई बेचैन बनाइदिएको छ ।

अब्बासले फोटोको क्याप्सनमा लेखेका छन्, ‘प्लिज पलटो ना । त्यसो त पोष्टरबाट पनि धेरै कुरा खुल्छन् । सलमानले गलामा अफगानी स्कार्फ लगाएका छन् । यसबाट उनी एक था टाइगरकै लुकमा देखिनेछन् भन्ने पक्का भएको छ । यो फिल्मका लागि सलमानले आफ्नो तौल १७ किलो घटाएका छन् ।यो फिल्म सलमानका लागि यसकारण पनि खास छ कि उनले आफ्नी पुरानी प्रेमिका कैटरिना कैफसँग यसमा रोमान्स गरेका छन् । ४ वर्षपछि यो जोडी पर्दामा फर्किएको हो । यसअघि उनीहरु २०१२ मा एक था टाइगरमा एकसाथ देखिएका थिए ।अनलाइनखबर स्रोत 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

35023
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top