‘बाहुबली प्रभास’लाई ६ हजार केटीबाट बिहेको अफर !
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


‘बाहुबली प्रभास’लाई ६ हजार केटीबाट बिहेको अफर !


मनोरञ्जन 146 पटक पढिएको २०७४ बैशाख २३ शनिवार


‘बाहुबली प्रभास’लाई ६ हजार केटीबाट बिहेको अफर !


यतिबेला सिंगो भारत ‘बाहुबली–२’ को रङमा रंगिएको छ । र, यस फिल्मबाट सबैभन्दा बढी चर्चामा छन्, मुख्य अभिनेता प्रभास । प्रभासलाई अहिले भारतमा तीन खानभन्दा पनि ठूला स्टारका रूपमा हेर्न थालिएको छ ।

यससँगै उनको फ्यान फलोइङ पनि व्यापक बन्दै गएको छ । सुन्दर अनुहार, गडिलो शरीर र प्रतिभाका कारण उनको फ्यान फलोइङ बढी हुनु स्वभाविकै हो । उनका फ्यान धेरैजसो केटी छन् । प्रभास अहिलेसम्म सिंगल छन् । उनलाई ‘मोस्ट इलिजेबल ब्याचलर’ मान्न थालिएको छ ।

यसैबीच, प्रभासको विषयमा एउटा रोचक खबर सार्वजनिक भएको छ । खबरअनुसार ‘बाहुबली–२’ को सुटिङ गरिरहँदा उनलाई ६ हजार जनाबाट विवाहको प्रस्ताव आएको थियो । तर, उनले सबै प्रस्ताव अस्वीकार गरे । प्रभास केवल आफ्नो करिअरमा फोकस हुन चाहन्थे । एजेन्सी





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

35022
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top