जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


एकदिवसीय निशुल्क स्वास्थ्य शिविर संपन्न ।


शिक्षा / स्वास्थ्य 34 पटक पढिएको दिलीप पाण्डेय


एकदिवसीय निशुल्क स्वास्थ्य शिविर संपन्न ।


रौतहट।भदौ १०। रौतहट जिल्लाको राजदेवी नगरपालिका वार्ड नम्बर ७ मूडवालबा स्थित नेमधारी बासुदेव माध्यमिक विद्यालय मा आयोजित एकदिवसीय निशुल्क स्वास्थ्य परिक्षण शिविर संपन्न भएको छ !

गएको २९ गतेका दिन आएको विनाशकारी बाढी पछि हुन सकने विभिन्न किसिमको रोगको संक्रमण नियंत्रण गर्ने उदेश्यले नेपाल चिकित्सक संघ अंचल शाखा र नेपाल औषधि उत्पादक संघको संयुक्त आयोजना जिल्ला स्वास्थ्य कार्यालय रौतहटको समन्वय ,र बीरगंज  उधोग  बाणिज्य संघ पर्सा , फार्मास्युटिकल्स एशोशिएशन बीरगंज , फार्मा क्लवको सहयोग  मा बाढी पीडितको लागि आयोजित शिविरको उदघाटन संघको अध्यक्ष डाक्टर जगदीश अग्रवालले  गर्नु भएको थियो ! शिविरमा सहभागी भएकाहरुलाइ बरिष्ठ फिजिशियन डाक्टर नीरज सिंह ,बरिष्ठ बाल रोग बिशेषज्ञ श्याम सुन्दर दास , बरिष्ट ऑर्थोपेडिक्स डाक्टर सरोज सिंह , राजदेव कुशवाहा ,स्त्री रोग बिशेषज्ञ डाक्टर मोनिका सिंह ,बरिष्ठ फिजीशियन उदय नारायण सिंह ,फिजिसियन विबेक यादव ,डाक्टर संजय जायसवालले स्वास्थ्य परिक्षण गरेको सहजकर्ता अनिल कुमार जायसवालले बताएका छन ! 

स्थानीय समाजसेवी नविन कुमार सिंघको विशेष पहलमा पहिलो पटक बरिष्ठ चिकित्सकहरु सहभागी भएका शिविरमा ६०० महिला ४ सय पुरुष २ सय बालबालिका गरी १ हजार २ सय जनालाइ चेकजांच गरी निशुल्क रुपमा औषधि समेत वितरण गरिएको आयोजक सस्थाले जनाएको छ ! शिविरवाट सेवा पाएका स्थानीयहरुले ख़ुशी व्यक्त गर्दै आयोजकलाइ धन्यवाद ज्ञापन गरेका छन ! त्यस्तै सरुअठामा आयोजित निशुल्क स्वास्थ्य तथा दन्त शिविरमा ७ सय जनाको स्वास्थ्य परिक्षण गरिएको थियो !





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस

रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै।

उप मेयरद्धारा गौर अस्पतालको छडके निरिक्षण स्वास्थ्यमा लापरवाही बरदास्त नहुने चेतावनी

एकदिवसीय निशुल्क स्वास्थ्य शिविर संपन्न ।

रौतहटमा साथी नेपालको सहयोगमा एक दिने स्वास्थ्य शिविर सम्पन्न ।

उमेरले ५० वर्ष कटेका मानिसमा जोर्नी खिइन सक्छ ।
1 2 3 NEXT

ताजा समाचार


धेरैले पढेको

87389
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top