यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न


शिक्षा / स्वास्थ्य 21 पटक पढिएको २०७४ जेष्ठ ०८ सोमबार


यि यि खानेकुरा खानुहोस क्यान्सर रोगबाट बच्न


विश्व स्वास्थ्य संगठनले विश्वमा हुने कुल मृत्युमध्ये १३ प्रतिशत क्यान्सरको कारण हुने तथ्य र्सार्वजनिक गरेको छ । सन् २००५ देखि २०१५ सम्ममा क्यान्सरका कारण विश्वमा ८ करोड ४० लाख मानिसको ज्यान जाने चेतावनी संगठनले यसअघिनै दिइसकेको छ ।
अमेरिकाको क्यान्सर सोसाइटीको एक तथ्यांक अनुसार वर्षोनी विश्वभरी १ करोड २० लाख भन्दा बढि व्यक्तिलाई क्यान्सर रोग लाग्छ र ७६ लाख व्यक्तिको यही रोगका कारण ज्यान जाने गर्छ । साथै क्यान्सर रोगकै कारण प्रतिदिन २० हजार जनाको मृत्यु हुनेर्गर्छ । क्यान्सर अर्थात अर्वुद रोग आधुनिक औषधि विज्ञानका लागि समेत चुनौतीको विषय बनेको छ । मुटु तथा नसा रोग पछि मानिसको ज्यानै लिने दोश्रो भयानक रोगको रुपमा क्यान्सर रहेको छ ।  रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय अपनाउनु उपयुक्त हुन्छ । क्यान्सर रोग नियन्त्रण गर्न सकिन्छ तर यसको लागि यो रोगको बारेमा पर्ुण्ा जनचेतना जाग्नु आवश्यक छ । फलफूल तथा सागपात धेरै सेवन गर्नु , मदिराजन्य तथा सर्ुर्तिजन्य पदार्थको सेवन नगर्नु र चिल्लो र बोसोयुक्त खानाको सेवन कम गर्नु नै क्यान्सर रोगबाट बच्ने राम्रो उपाय हो । एक तथ्यांक अनुसार महिलामा करीब ६० प्रतिशत र पुरुषमा करीब ४० प्रतिशत क्यान्सरको कारक नै असन्तुलित भोजन रहेको छ । आमासय , सानो आन्द्रा , मुख , कलेजो , अण्डासय , पित्तथैली लगायतको क्यान्सर भोजन सँग संवन्धित रहेका हुन्छन् । 

हरियो सागपात , पहेलो फलफूल तथा गेडागुडी र फाइवर जन्य खाद्य पदार्थको सेवन गर्ने र नियमित कसरत गर्ने व्यक्तिलाई क्यान्सरको जोखिम कम रहेको वैज्ञानिक प्रमाणहरुले देखाएका छन् । फाइबर जन्य भोजनले स्तन , र आन्द्राको क्यान्सरबाट बचाउछ । खानामा भएको फाइबरले कार्सिनोजेनलाई निष्त्रिmय पार्ने , तथा बोसो र विषको मात्रालाई घटाउने गर्छ । भिटामिन ए अर्थात क्यारोटिन भएका हरियो सागपात र पहेलो फलफूलले क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छन् । बन्दामा पनि क्यान्सर प्रतिरोधी तत्व रहेको हुन्छ जसले स्तन क्यान्सर रोक्न सहयोग गर्छ । भटमासमा भएको प्रोटियज नामको तत्वले फोक्सो , मुख , आन्द्रा तथा कलजोको क्यान्सरको वृद्धी रोक्न सहयोग गर्छ । कांक्रोमा रहेको एक तत्वले पनि स्तन तथा , गर्भासयको क्यान्सर लाग्न बाट बचाउँछ । लसुनमा भएको सल्फर तत्वले पनि कार्सिनोजेन लाई निष्ििक्रय पार्ने र क्यान्सर गराउने इन्जाइमहरुको कार्य रोक्ने गर्छ । 

सुन्तला , कागती लगायतका अमिला फलफूलहरुमा समेत करीब ८० भन्दा बढी क्यान्सर प्रतिरोधी तत्व विद्यमान रहेको हुन्छ । जसको सेवनबाट पेटको क्यान्सर बाट बच्न सकिन्छ । मुला , सलगम , ब्रोकाउली , सखरखण्ड , आप , केरा , मेवा , फर्सर्ीी केराउ लगायतका तरकारी तथा फलफुलमा भएको बिटा क्यारोटिन नामक पदार्थले क्यान्सर गराउने विभिन्न तत्व हरुलाई निष्त्रिmय पार्न महत्वपर्ूण्ा भूमिका खेलिरहेका हुन्छन् । कागती , सुन्तला , अंगुर , काउली , गोलभेडा तथा आलुमा पनि क्यान्सर प्रतिरोधी गुण रहेको हुन्छ ।  भिटामिन इ भएका खानेकुराको सेवनले पेट , प्यांक्रियाज तथा मुत्रनलीको क्यान्सर हुनबाट बचाउछ । भटमास र अन्य तैलिय गेडागुडीको सेवनले कलेजोको क्यान्सरको जोखिम कम गर्छ । विभिन्न अध्ययन हरुले पनि के देखाएका छन् भने प्राकृतिक र साकाहारी भोजन गर्नेहरु मांसाहारी तथा आधुनिक भोजन गर्नेहरु भन्दा कम क्यान्सरको जोखिममा रहेका हुन्छन् । अर्थात समग्रमा भन्नेहो भने क्यान्सरबाट बच्नको लागि खानपानमा विशेष ध्यान दिनैपर्ने हुन्छ । 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

35007
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top