जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


राजनिति 9 पटक पढिएको २०७४ जेष्ठ ०८ सोमबार


उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण


उत्तर कोरियाले फेरि अर्को क्षेप्यास्त्र परीक्षण गरेको छ । उत्तर कोरियाले आइतबार बिहान पश्चिमी क्षेत्र पुकचाङबाट क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

दक्षिण कोरियामा मुन जाए इन राष्ट्रपतिमा निर्वाचत भएपछि मात्र उत्तर कोरियाले आइतबारसमेत गरी तीनपटक क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । यसअघि गत साता प्योङयाङले प्रक्षेपण गरेको मझौला दू्रीकाे क्षेप्यास्त्र जापानी समुद्रमा खसेको थियो । उत्तर कोरियाको पछिल्लो परीक्षण ‘अविवेकी र गैरजिम्मेवारपूर्ण’ भन्दै दक्षिण कोरियाले त्यसको निन्दा गरेको छ । प्योङयाङको परीक्षणपछि दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले आइतबार मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् ।

मझौला दूरीको परीक्षण

आइबारको परीक्षण मझौला दूरीको भएको ह्वाइट हाउसले जनाएको छ । दुई साताअघि मात्र अमेरिकाले उत्तर कोरियालाई आणविक परीक्षण नगर्न चेतावनी दिँदै प्योङयाङले अटेरी गरेमा यसका विरुद्ध कडा कारबाही गर्ने चेतावनी दिएको थियो । त्यस्तै, उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र जापानी समुद्रमा खसेपछि जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘जापान अब चुप लागेर नबस्ने’ बताएका थिए ।

सुरक्षा परिषद्को चेतावनी

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गत सोमबार प्योङयाङलाई सम्पूर्ण आणविक गतिविधि रोक्न निर्देशन दिएको थियो । निशस्त्रीकरणका लागि उत्तर कोरियाले यसअघि गरेको प्रतिबद्धता व्यवहारमा उतार्नसमेत सुरक्षा परिषद्ले प्योङयाङसँग माग गरेको थियो । उत्तर कोरियाका आणविक गतिविधिको विरोधमा राष्ट्रसंघले प्योङयाङमाथि विभिन्न प्रतिबन्ध लगाएको छ । उत्तर कोरियाले आफ्ना आणविक गतिविधि नरोके ऊमाथि थप प्रतिबन्ध लगाउने राष्ट्रसंघले चेतावनी दिँदै आएको छ ।

जापानको समुद्रमा खस्यो

सो क्षेप्यास्त्र उत्तर कोरियाबाट झन्डै ५६० किलोमिटर टाढा पुगेर जापानको समुद्रमा खसेको दक्षिण कोरियाको संयुक्त सेनाका प्रमुखले बताए । गत साता प्रक्षेपण गरिएको क्षेप्यास्त्र ७ सय किलोमिटर दूरी पार गरेको थियो । सो क्षेप्यास्त्र जापानको समुद्रनजिकै खसेको जापानी सञ्चार माध्यमहरूले जनाएका छन् । पछिल्लो क्षेप्यास्त्र परीक्षणको जापानले विरोध गरेको मन्त्रिपरिषद्का मुख्यसचिव योसिहिदे सुगाले बताए ।

काम गरेन मिसाइल रक्षा प्रणालीले

उत्तर कोरियाले पाँचओटा सफल क्षेप्यास्त्र परीक्षण गरिसकेको छ । उसले अमेरिकालाई आक्रमण गर्ने आणविक हतियार र हतियार बोक्न सक्ने क्षेप्यास्त्र परीक्षण गरिरहेको जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई निस्तेज पार्न भन्दै अमेरिकाले दक्षिण कोरियामा मिसाइल रक्षा प्रणाली गत मे महिनादेखि सञ्चालनमा आएको छ । सो प्रणाली सञ्चालनमा आएपछि पनि उत्तर कोरियाले तीनओटा परीक्षण गरिसकेको छ । सो प्रणाली पूर्णरूपमा सञ्चालनमा आउन अझै केही महिना लाग्ने बताइएको छ । उत्तर कोरिया र उसको सहयोगी राष्ट्र चीनले सो प्रणालीको विरोध गरेको छ । आणविक गतिविधि निस्तेज गर्ने बहानामा अमेरिकाले एसियामा गुप्तचरी कार्य गरेको चीनको आशंका छ । एजेन्सी, प्योङयाङ 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

233271
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top