जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


बसले किचेर छात्राको मृत्यु


राजनिति 43 पटक पढिएको २०७४ जेष्ठ ०८ सोमबार


बसले किचेर छात्राको मृत्यु


वीरगञ्जको महाविरस्थान नजिकै आज बिहान विद्यार्थी लिन गएको बसले किचेर एक छात्राको मृत्यु भएको छ । वीरगञ्जमा रहेको दिल्ली पब्लिक स्कुलको कक्षा ९ मा अध्ययनरत दीया अग्रवालको मृत्यु भएको हो । दिया स्थानीय व्यापारी राम अग्रवालकी छोरी हुन् ।

बिहान सवा ८ बजे समयमा विद्यार्थी बटुल्दै गईरहेको कादम्बरी एकेडेमीको २ ख ८९३ नम्बरको बसले बाटो काट्दै गरेकी दियालाई किचेको प्रत्यक्षदर्शीले बताएका छन् । बसले किचेर गम्भिर घाईते भएकी दियालाई वीरगञ्जको मुख्य सडकमै रहेको एडभान्स अस्पतालले मृत घोषित गरेको थियो । दियाको शव अहिले पोष्ट मार्टमका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा राखिएको प्रहरीले जनाएको छ । बस र ड्राईभर प्रहरी नियन्त्रणमा छन् ।

महाविस्थान क्षेत्र तनावपूर्ण

घटनापछि अहिले स्थानीय निकै आक्रोशित भएका छन्, वीरगञ्ज महाविर स्थानको स्थिति तनावपूर्ण छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ । दिया पनि स्कुल जाने तयारीमा थिइन् । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।

प्रहरीले मुख्य सडकमा सवारी आवागमनमा रोक लगाएका कारण दुई नं रोड र तीन नं रोडमा सवारी जाम भईरहेको छ । स्थिति तनाव पूर्ण भएकोले आक्रोसित स्थानीयलाईसम्झाई बुझाई गरेर स्थिति सामान्य बनाउने प्रयास भईरहेको पर्साका प्रहरी उपरीक्ष गोविन्द कुमार साहले जानकारी दिए । ‘ दुर्घटना भएको छ । स्थानीय आक्रोशित भएका छन् । प्रहरीले चालक र बस नियन्त्रणमा लिएको छ ।’ उनले भने ‘ स्थिति सामान्य बनाउने प्रयास गरिरहेका छौं ।’ स्रोत: नयाँ पत्रिका 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

300326
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top